Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तनहुँ अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा नहुने

    तनहुँ अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा नहुने

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 756
    SHARES

    काठमाडौं । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि तत्काल जेलमुक्त नहुने भएका छन् ।

    उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो । सोही कारण उनी तत्काल नछुट्ने भएका हुन् ।



    उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ । हाल उनी तनहुँ कारागारमा छन् । तर पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।



    मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । यस्तै अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

    गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार