Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपछि पूजा शर्मा खुशीले गदगद

    पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपछि पूजा शर्मा खुशीले गदगद

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 849
    SHARES

    काठमाडौं । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहलाई तनहु जिल्ला अदालतले सफाइ दिएपछि नायिका पुजा शर्मा औधी खुशी भएकी छिन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो खुशी व्यक्त गरेकी हुन् । पल शाहको समाचार बाहिरिएसँगै पुजाले फेसबुकमा लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’



    पल शाह बलात्कार आरोपमा पक्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी थिइन् । पललाई आज तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन सक्ने छैनन् ।



    उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ।

    हाल उनी तनहुँ कारागारमा छन्। तर पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार