Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • घाँस काट्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

    घाँस काट्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 555
    SHARES

    फाइल फोटो

    सुनसरी । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।

    वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।



    जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए।



    एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार