Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

    हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 870
    SHARES

    फाइल फोटो

    झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो । गएराति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।



    हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।



    घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रीमान् शान्तिरामको उपचार जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार