Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सीके राउतको प्रश्न- मधेशी र थारुलाई भित्तामा पुर्याएर कस्तो राष्ट्रिय सहमति खोज्नुभएको ?

    सीके राउतको प्रश्न- मधेशी र थारुलाई भित्तामा पुर्याएर कस्तो राष्ट्रिय सहमति खोज्नुभएको ?

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 444
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

    सभामुख चयनका लागि बिहीबार जारी प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।



    राउतले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । मधेसवादी दलहरुलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै उनले प्रश्न गरे ।



    उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

    ‘मधेशीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ?’, उनले भने, ‘हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार