Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अल स्टार्समाथि पिएसजी विजयी, रोनाल्डोको दुई गोल

    अल स्टार्समाथि पिएसजी विजयी, रोनाल्डोको दुई गोल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 528
    SHARES

    काठमाडौं । मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले साउदी क्लब रियाद अल स्टार–११ लाई पराजित गरेको छ ।

    बिहीबार राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो ।



    उसका लिओनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एकरएक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।



    रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार