Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुई करोड बढीको आईपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त

    दुई करोड बढीको आईपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 504
    SHARES

    फाइल फोटो

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गर्न लागेको हो ।



    कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको छ । त्यसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लािगएको हो ।



    तीन हजार ११७ कित्ता सेयर कर्मचारी र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको हो । सर्वसाधारणले बाँकी रहेको एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले लघुवित्तको आईपीओमा यही माघ १६ देखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले आउँदो फागुन ११ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसेयर खातामार्फत आवेदन दिन सक्नेछन् ।

    आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा छ । लेखापरीक्षण भइसकेको वास्तविक वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा छ ।

    कम्पनीको पहिलो सेयर कारोबार एक हजार रुपैयाँभन्दा बढीमा हुने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि वास्तविक नेट्वर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार