Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 513
    SHARES

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेश सभाको छटौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले विश्वासको मत मागेका हुन् ।

    कर्णालीको सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवाश्यक रहेको शर्माले बताए ।



    शर्माले भने, ‘प्रदेशका प्रथम पञ्चबर्षीय गुरुयोजनालाई कार्यान्वयन गरिनेछ । कर्णाली सुनको डल्लो हो, यसलाई गहना बनाएर लगाउन आफु अग्रसर भई कर्णाली समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै विश्वासको मत माग्दछु ।’



    गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    उनलाई सत्ता साझेदार दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए।

    मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार