Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कर्णालीमा मुख्यमन्त्री नछाड्ने शर्माको अडान कायमै, एमाले नेताहरू छलफलबाट बाहिरिए

    कर्णालीमा मुख्यमन्त्री नछाड्ने शर्माको अडान कायमै, एमाले नेताहरू छलफलबाट बाहिरिए

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 351
    SHARES

    सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णालीको मुख्यमन्त्री नछाडने अडान अहिलेसम्म कायमै राखेको छ।

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री नछाडने अडान कायमै राखेपिछि वार्तामा रहेका एमाले र माओवादी केन्द्रका नेताहरू बाहिरिएका छन्।



    एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट निचोडविनै बैठकस्थलबाट बाहिरिएका छन् ।



    छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उपस्थित थिए ।

    कर्णालीको नेतृत्व एमालेलाई दिन केन्द्रमा सहमति भए पनि राजकुमार शर्माले मुख्यमन्त्री नछाड्ने अडान लिएका छन् ।

    मुख्यमन्त्री शर्माले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । यता केन्द्रको निर्णयअनुसार प्रदेशमा सहमति नजुट्दा बैठक अनिश्चित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार