Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिपछि प्रदेशसभा बैठक स्थगित

    कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिपछि प्रदेशसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 399
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

    मंगलबार दिउँसो ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्य तालिका रहेको थियो । तर नेताहरूबिच सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।



    मुख्यमन्त्री शर्माले १५ मिनेट अगाडि मात्रै मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिदिन भन्दै प्रदेश सभालाई पत्र पठाएका थिए ।



    मुख्यमन्त्रीले पठाएको पत्रमा विशेष कारणवश मंगलबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधवारका लागि सार्न उल्लेख गरिएको छ ।

    सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार