Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यौन दुर्व्यवहारको आरोपमा फुटबलर अल्भेस पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा फुटबलर अल्भेस पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 528
    SHARES

    एजेन्सी। बार्सिलोनाका पूर्व डिफेण्डर ड्यानी अल्भेस पक्राउ परेका छन् । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेन प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।



    त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ ।



    आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार