Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा छ : अर्थमन्त्री पौडेल

    विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा छ : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 693
    SHARES

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्।

    प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पौडेलले भने, ‘विप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय र दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार छ। त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्न तयार छौँ।’



    उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए।

    रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जाने उल्लेख गरे । गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार