Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरुवा भएर जाँदा बेडबिस्तरा बोक्ने बाध्यता अन्त्य गर्छु : सशस्त्र प्रहरी प्रमुख अर्याल

    सरुवा भएर जाँदा बेडबिस्तरा बोक्ने बाध्यता अन्त्य गर्छु : सशस्त्र प्रहरी प्रमुख अर्याल

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 630
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् ।

    सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा बोल्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।



    आईजीपी अर्यालले भने,‘सरुवा भएर जाँदा बेड, विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’



    उनले आचरणमा आएको विचरणलाई सुधार्न पनि निर्देशन दिए । व्यावसायिकता, इमान्दारिता, बफादारिता र आचरण सुधारलाई मूलमन्त्र बनाएर काम गर्न उनले निर्देशन दिए ।

    हिमाली क्षेत्रका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई मौसम अनुसारको लत्ताकपडाको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएको आईजीपीले बताए । कमाण्डमा जाने अधिकृतहरुको पूर्वानूमान सूची प्रकाशन गरेर सरुवा गर्ने नीति लागू गरिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार