Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण

    विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका थिए पूर्वक्रिकेटर आलम

    विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका थिए पूर्वक्रिकेटर आलम

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 723
    SHARES

    विराटनगर । नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा पूर्वक्रिकेटर महबुब आलमलाई प्हरीले पक्राउ गरेको छ । आलमलाई आज बिहान विराटनगर बसपार्क नजिकैको भिन्तुना होटलबाट पक्राउ गरिएको हो ।

    महबुबलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनी हिसान मिटका लागि विराटनगर आएको बेला पक्राउ परेका हुन् । उनलाई कान्तिपुर कलेजले प्रशिक्षकका रुपमा हिसान मिटमा सहभागी हुन विराटनगर बोलाएको थियो ।



    प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले महबुब नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि प्रहरीले उनलाई पक्रेको हो ।



    उनले नेपाल क्रिकेट संघ (क्यान)को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

    सीआईबीका स्रोतका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी प्रतियोगितामा खेलाडीका रुपमा भने थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार