Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन,भने – देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

    प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन,भने – देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 477
    SHARES

    काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् ।

    नागरिक समाजका अगुवा र युवाहरूले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् ।



    उनीहरुले आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।



    उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

    काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला ?’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।

    उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् । आचार्यले मंगलबार अपरान्ह संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार बिहान मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार