Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारले पाए ५० लाख मृत्यु दाबी भुक्तानी

    आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारले पाए ५० लाख मृत्यु दाबी भुक्तानी

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संघिय संसद भवन अगाडी माघ १० गते आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ ।

    कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सूर्योदय नगरपालिका इलामको मेयर, उपमेयर, वडा अध्यक्ष तथा कम्पनीको तर्फबाट प्रदेश नम्बर एकका प्रमुख तुलसीनाथ पौड्याल तथा इलाम शाखा प्रमुखको रोहबरमा मृतक आचार्यकी श्रीमती नानुका अधिकारीलाई दाबी बापतको रकमको चेक हस्तान्तरण गरेको हो ।



    आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए। उनले कम्पनीलाई दुई किस्ता मार्फत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बीमा शुल्क बुझाएका थिए।



    धन फिर्ता ‘मनि व्याक’ बीमा पोलिसी भएकाले आचार्यले यस अगाडि प्राप्त गरेको दाबी रकमलाई कट्टा गरी उक्त रकम दिएको हो।

    उनले गत माघ १० गते काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि नै आफ्नै शरीरमा पेट्रोल खन्याएर आफैंमाथि आगो लगाएका थिए । र, उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार