Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारले माग पुरा नगरेसम्म आचार्यको अन्तिम संस्कार नगर्ने परिवारको अडान

    सरकारले माग पुरा नगरेसम्म आचार्यको अन्तिम संस्कार नगर्ने परिवारको अडान

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । आत्मदाह गरी मृत्यु भएका  प्रेमप्रसाद आचार्यको परिवारले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने भएका छन् ।

    सरकारले परिवारको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म टिचिङ अस्पतालबाट शव नउठाउने र अन्तिम संस्कार नगर्ने परिवारका सदस्यले शर्त राखेका छन् ।



    आचार्यका परिवारले आज १० बुँदे माग राखी गृहमन्त्री रवि लामीछानेलाई भेट्ने भएका छन् । उनीहरूले गृहमन्त्रीको कार्यालय सिंहदरबारमा साढे १२ बजे भेटी १० बुँदे माग राख्ने भएका हुन् ।



    आचार्यले मंगलबार काठमाडाैंकाे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैँमाथि आगाे लगाएका थिए ।

    उनकाे उपचारका क्रममा बुधबार कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार