Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णाली प्रदेश सरकारले पूर्णता पायो,नवनियुक्त मन्त्रीहरुको आजै शपथ

    कर्णाली प्रदेश सरकारले पूर्णता पायो,नवनियुक्त मन्त्रीहरुको आजै शपथ

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 471
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिरिषद्‌मा कार्यविभाजन गरेका छन् ।

    मुख्यमन्त्री शर्माले बुधबार मन्त्रीहरु नियुक्ति, जिम्मेवारी हेरफेरका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका हुन् ।



    माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।



    त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

    २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए ।

    नवनियुक्त नियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे पद तथा गोपनीयता शपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार