Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपति भण्डारी वसन्त श्रवणमा सहभागी

    राष्ट्रपति भण्डारी वसन्त श्रवणमा सहभागी

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोकास्थित नासलचोकमा हरेक वर्ष आयोजना हुने वसन्त श्रवण कार्यक्रममा सहभागी भएकी छन् ।

    राष्ट्रपति भण्डारी हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम सहभागी भएकी हुन् ।



    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिएको छ ।



    कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत सहभागी हुने प्रचलन छ ।

    वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।

    वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार