Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मधेश प्रदेशमा जनमतका कुशवाहाले स्वीकारे कृषि मन्त्रालय

    मधेश प्रदेशमा जनमतका कुशवाहाले स्वीकारे कृषि मन्त्रालय

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 495
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ ।

    जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गरेका हुन् ।



    जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनाईएको छ । सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान जनकपुरमा बसेको थियो ।



    बैठकले तत्काल कृषि मन्त्रालय नै स्वीकार गर्ने निर्णय गरेको हो । मधेश सरकारको तश्रो ठूलो दल जनमतका कुशवाहालाई महत्वपूर्ण तीन मध्ये पहिलो चरणमा समाजिक विकास मन्त्रालय दिने दलहरुबीच सहमति भएको थियो ।

    सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रदेशमा सरकारलाई समर्थन गरेको लोसपा पनि मन्त्री पठाएको छैनन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार