Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • महानगरले दरबारमार्गमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने चेतावनी

    महानगरले दरबारमार्गमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने बोर्डको चेतावनी छ ।



    बोर्डले विगत लोमा समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ । बोर्डसँग छलफल र संवाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने जनाएको छ ।



    बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतीले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताए । महानगरले बोर्डसँग तत्काल छलफल गरेर पार्किङ व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार