Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाइँदै, सुरक्षा योजना तयार

    ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाइँदै, सुरक्षा योजना तयार

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।



    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् ।



    ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार