Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँच करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

    पाँच करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ । महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्ने भएको छ ।

    सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको बताए ।



    उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो। सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो।



    करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ।

    विभागीय निर्देशक थापाले भने, नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, ल्वमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं । टेन्डर प्रक्रिया पूरा गर्न करिब ३ महिना लाग्नेछ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार