Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एशियन हाइड्रोपावरको आइपीओ आउँदै

    एशियन हाइड्रोपावरको आइपीओ आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 540
    SHARES

    फाइल फोटो

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले २७ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।



    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।



    जसमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरिसकेको छ । त्यस्तै ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १६ हजार ८०० कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ ।

    बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मेरो सेयर सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार