Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साउथह्याम्पटनलाई हराउँदै न्युकासल काराबाओ कपको फाइनलमा

    साउथह्याम्पटनलाई हराउँदै न्युकासल काराबाओ कपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 441
    SHARES

    एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेल २–१ ले जित्दै न्युकासल फाइनलमा पुगेको हो ।



    पहिलो लेगको खेल १–० ले जितेको न्युकासलले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको हो ।



    सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको न्यूक्यासलको जितमा सिन लङस्टाफले दुई गोल गरे ।

    खेलको पाँचौं मिनेटमा लङस्टाफले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । साउथह्याम्टनका चे एडम्सले एक गोल फर्काए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार