Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लिभरपुलले जित्यो काराबाओ कपको उपाधि

    लिभरपुलले जित्यो काराबाओ कपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । काराबाओ कप फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

    आइतबार राति वेम्बली मैदानमा भएको फाइनलमा चिरप्रतिद्वन्दी चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुलले नवौं पटक उपाधि जितेको हो ।



    निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।



    पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

    चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।तर, चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार