Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्से ५ अंकले बढ्यो, २४ दिनयताकै न्यून कारोबार

    नेप्से ५ अंकले बढ्यो, २४ दिनयताकै न्यून कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 378
    SHARES

    फाइल फोटो

    काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।

    नेप्सेको अनुसार सामान्य अंकले बढेको बजारमा भने २४ दिन यताकै कम कारोबार भएको छ । बुधबार ५० लाख कित्ता सेयरकिनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।



    यसअघि पुस ७ गते बिहीबार २४ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।



    यस दिन सर्वाधिक मूल्य घट्नेमा एनआइबिएल समृद्धि कोष-२ रहेको छ। कोषको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको हो।

    आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार