Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति र गृह मन्त्रालयबारे छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै

    राष्ट्रपति र गृह मन्त्रालयबारे छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 402
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

    हिजोका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ ।



    मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो ।



    बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । कार्यविभाजनसँगै बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार