Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • स्वास्थ्य मन्त्री गिरी र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

    स्वास्थ्य मन्त्री गिरी र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच शुक्रबार भेटवार्ता भएको छ।

    भेटमा मन्त्री गिरीले कोभिडका समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन्।



    मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।



    राजदुत निकोलाले वर्षौदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन्। उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार