Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका नेपाल र भारत भिड्दै

    साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका नेपाल र भारत भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

    ​बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।



    च्याम्पियनसिपको प्रबल उपाधि दाबेदारको रुपमा रहेको भारतलाई हराएमात्र नेपालले फाइनलमा स्थान बनाउनेछ ।



    शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

    दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले हराएको थियो । च्याम्पियनसिपको फाइनल पुग्न आज नेपाल जित्नैपर्ने दबाबमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार