Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित, बंगलादेश बन्यो च्याम्पियन

    साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित, बंगलादेश बन्यो च्याम्पियन

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 708
    SHARES

    काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ ।

    बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३(० ले पराजित भएको हो ।



    पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १र१ गोल गरे ।



    लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो । बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

    प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार