Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साफ यू–१७ मा रसियासँग हार्‍यो नेपाल

    साफ यू–१७ मा रसियासँग हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो ।

    रुसलाई जित दिलाउन एलिना गोलिकले दुई र पोलिना फिल्सिनाले एक गोल गरिन् । आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ ।



    पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५–० गोलले हराएको थियो ।



    प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार