Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यू-२० महिला टोली आज स्वदेश फर्कदै

    यू-२० महिला टोली आज स्वदेश फर्कदै

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 795
    SHARES

    काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कदैछन् ।

    बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बन्नु परेको थियो।



    अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिम बिहान ११:३५ बजे विमान बंगलादेशमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ।



    बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

    चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार