Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमाथि शानदार जितसहित नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    भारतमाथि शानदार जितसहित नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 693
    SHARES

    काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।



    पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो ।



    पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

    नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्‍यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

    नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार