Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी दुई अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

    यी दुई अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसंग सम्झौता गरेको छ ।

    डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।



    सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।



    काठमाडौंको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

    सम्झौता अन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजि ल्याब लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ ।

    बैंकका ग्राहकले छुट सुविधा लिन बैंकको डेबिट वा क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ।

    माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटीएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार