Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 633
    SHARES

    फाइल फोटो

    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने भएको हो ।



    कम्पनीले जारी पुँजी ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ ।



    ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।

    बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ ।

    निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ ।

    निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो शेयर’ प्रयोग खदिरको आवेदन दिन सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार