Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रपति भण्डारीले माघ २८ गते रात्रिभोज दिँदै, प्रतिनिधिसभाका सांसदलाई निम्तो

    राष्ट्रपति भण्डारीले माघ २८ गते रात्रिभोज दिँदै, प्रतिनिधिसभाका सांसदलाई निम्तो

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् ।

    राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन् ।



    संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका एक नेताले सांसदले जानकारी दिए ।



    राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनेछन् ।

    आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लागेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार