Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

    मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 567
    SHARES

    फाइल फोटो

    काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

    बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।



    कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।



    उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

    उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार