Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपालमा

    त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपालमा

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 558
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र नामिबियासम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुगेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन २ गते देखि सुरु हुने सिरिजका लागि स्कटल्यान्डको टोली बिहीबार नेपाल आएको हो। स्कटल्यान्डको टोलीले भोलि शुक्रबारदेखि मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्नेछ।



    लिग २ को सिरिज अन्तर्गत स्कटल्यान्डको यो अन्तिम लिग हो। स्कटल्यान्डले ३२ खेलमा २२ मा जित, ८ मा हार भोग्दै ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। स्थानमा रहेको स्कटल्यान्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।



    यता लिगका २४ खेल खेलेको नेपालले मात्र ८ खेलमा जित र १४ खेलमा हार भोग्दै १८ अंकमा छैटौं स्थानमा छ। ३० खेल खेलेको नामिबियाले १८ खेलमा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। नामिबियाको टोली दुई दिनपछि आउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार