Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक छ : राष्ट्रपति भण्डारी

    अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक छ : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् ।

    शुक्रवार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक स्थायित्व कायम भएसँगै मुलुक अब नागरिकलाई सुखी बनाउनुतर्फ लाग्नुपर्ने बताएकी हुन् ।



    उनले भनिन्, ‘राष्टपतिको हैसियतमा मेरो ७ वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ।’



    राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको बताएकी छिन् । उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको उल्लेख गरिन् ।

    यस्तै, उनले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताइन् । राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् ।

    मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार