Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • श्रमस्वीकृति दिँदा श्रमिकसँग पैसा असुली : अख्तियार

    श्रमस्वीकृति दिँदा श्रमिकसँग पैसा असुली : अख्तियार

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति र भ्रष्टाचार रोक्न सरकारले विभिन्न नीतिगत निर्णय गरे पनि विकृति झन् संस्थागत रुपमा मौलाएको छ ।

    सरकारले विदेशी मुद्राको सञ्चिति सन्तुलनमा राख्न विदेश गएका श्रमिकलाई औपचारिक माध्यमबाट रेमिटेन्स पठाउन विभिन्न क्षेत्रमा सहुलियत र आरक्षणको व्यवस्था गरेको छ, तर यस क्षेत्रमा हुने भ्रष्टाचार रोक्न सकेको छैन् ।



    कर्मचारी प्रहरी तथा मेनपावर व्यवसायी मिलेर वैदेशिक रोजगारीमा हिँडेका युवालाई विभिन्न नीतिगत झन्झट र बहाना बनाएर पैसा असुली गरी भ्रष्टाचार गर्ने गरेको देखिएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा श्रमस्वीकृतिका क्रममा पैसा असुली गर्ने काममा कर्मचारी नै संग्लन हुने गरेको पाइएको उल्लेख छ ।

    कर्मचारी, प्रहरी र बिचौलियाले मिलेमतो गरी सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको सहजीकरणका नाममा घूस लिने दिने गरेको प्रतिवेदनमा जनाइएको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार