Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • व्यवसायीहरुद्वारा बैंकविरूद्ध आन्दोलनको घोषणा, प्रेम आचार्य बन्नु नपरोस भन्दै चेतावनी

    व्यवसायीहरुद्वारा बैंकविरूद्ध आन्दोलनको घोषणा, प्रेम आचार्य बन्नु नपरोस भन्दै चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 651
    SHARES

    काठमाडाैं । आगामी फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

    सयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताएका छन् ।



    व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताए ।



    नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताएका छन् ।

    ‘अहिले व्यापार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उनले भने ।

    बैंकको चर्को व्याजको ज्यादती विरुद्ध आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनको भनाइ छ ।

    बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार