Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

    मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 447
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि खुलेको पहिलो दिनको सेयर बजार ६० अंकले घटेको छ ।

    आइतबारको नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको छ ।



    आइतबारको सेयर बजार कारोबार खुलेदेखि नै निरन्तर रुपमा ओरालो लागेर बन्द भयो । यससँगै गत बिहीबारको तुलनामा परिसूचक २.७८ प्रतिशतले घट्न पुगेको छ ।



    घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड २९ लाख र अपी पावरको ७ करोड ८० लाखको कारोबार भएको छ ।

    सबैभन्दा धेरै गुमाउनेमा डब्लुएनएलबी रह्यो । यसको शेयरमूल्यमा ४.९५ प्रतिशतको गिरावट आउँदा प्रतिशेयर मूल्य ९६१ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार