Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा शुल्क लिन नपाउने

    बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा शुल्क लिन नपाउने

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सेवाबापत शुल्क लिन नपाइने भएको छ ।

    केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले यस्तो गर्न नपाईने व्यवस्था गरेको हो ।



    ग्राहकको अनुमतिविना उपलब्ध गराइएका सेवाबापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत छ ।



    सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुन शुल्क लिएको भए केन्द्रीय बैंकलाई जानकारी गराउन समेत भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार