Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्व एआईजी बोकेर सशस्त्रका आईजीपी अर्याल जिल्ला भ्रमणमा, बहालवालालाई विश्वास गरेनन्

    पूर्व एआईजी बोकेर सशस्त्रका आईजीपी अर्याल जिल्ला भ्रमणमा, बहालवालालाई विश्वास गरेनन्

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    आईजीपी राजु अर्यालको बायाँपट्टि रहेका पूर्व एआईजी नारायणबाबु थापा

    काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल अनधिकृत ब्यक्तिहरुलाई लिएर जिल्लाको भ्रमण सकेर मंगलबार फर्किएका छन् ।

    सशस्त्र प्रहरी बलबाट अवकाश भइसकेका पूर्व एआइजी नारायणबाबु थापालाई लिएर उनी पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोर्खा र धादिको भ्रमणमा निस्किएका थिए । आइजीपी अर्यालले अवकाश भइसकेका थापालाई अफिसियल भिजिटमा लिएर गएको खुलेको छ । उनी गएका जिल्लाका सबै कार्यक्रममा थापा सहभागी भएको तस्वीर नै सार्वजनिक भएको छ ।



    सशस्त्रका बाहिनी, गण र गुल्मको अफिसियल भ्रमणमा निस्किदा आइजीपीले असम्बन्धित ब्यक्तिलाई कसको सल्लाहमा लगेका हुन् भन्ने विषयलाई संगठनभित्रै आश्चर्यका रुपमा हेरिएको छ । मदिराका सौखिन पूर्वएआइजी थापालाई लगिएकोमा संगठनभित्रै आईजीपी अर्यालको आलोचना हुन थालेको छ ।



    महानिरीक्षक अर्यालले सशस्त्र मुख्यालयका एआइजीहरुलाई लिएर जानुपर्ने हो । प्रशासन, सीमा सुरक्षा र कार्यविभागका एआइजीहरु क्रमशः नारायणदत्त पौडेल, सीपी गौतम र बंशी दाहालमध्येबाट लैजानुपर्नेमा अनधिकृत ब्यक्तिलाई लगेकोमा अपरिपक्वताको रुपमा लिइएको छ ।

    एआइजीलाई भ्रमणमा लाने अवस्था अनुकुल नभएमा सशस्त्र हेडक्वाटरका डिआईजी, बरिष्ठ एसएसपी, एसपीलाई लानुपर्ने हुन्छ । तर, उनले हेडक्वाटरका एसपी, एसएसपी र डीआइजीलाई समेत लैजान आवश्यक ठानेनन् । उनले एयरपोर्टको २० नम्बर गण(बिपत ब्यवस्थापन)का एसपी पूर्ण साउदलाई लगेका थिए । साउद विवादित एसपी हुन् ।

    सनत बस्नेत र कोषराज वन्त आइजीपी हुँदा आर्थिक प्रशासनको प्रमुख रहेका हालका आइजीपी अर्यालसँग त्यतिबेला प्रबन्धमा रहेका साउदको राम्रो सम्बन्ध र उठबस रहिआएको छ । उतिबेलादेखि नै सम्बन्ध रहेकाले साउदलाई अर्यालले नरेन्द्र सेन बढुवा हुनासाथ ७ महिनाअघि काजमा २० नम्बर गणमा पठाएका थिए भने १ महिनाअघिको सरुवामा दरबन्दी त्यहीँ कायम गरिदिएका छन् । बिपत ब्यवस्थापन गण सशस्त्रमा सर्बैभन्दा बढी बजेट भएको गण हो ।

    यसरी सशस्त्र हेडक्वाटरका एसपीदेखि एआईजीसम्मका अधिकारीलाई अर्यालले नलानुको कारण के हो ? सशस्त्रका उच्च अधिकरीहरु नै यस्तो बच्पना काम उनले किन गरेका होलान् भन्न थालेका छन् । उनी कसको सल्लाहमा चलिरहेका छन् भन्ने प्रश्न उठेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार