Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कुन बैंकमा खाता खोल्ने भन्ने विवादमा प्रदेशसभा अवरुद्ध

    कुन बैंकमा खाता खोल्ने भन्ने विवादमा प्रदेशसभा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 552
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशसभा सदस्यको पारिश्रमिकका लागि कुन बैंकमा खाता खोल्ने भन्ने विषयलाई लिएर प्रदेशसभा बैठक नै अवरुद्ध भएको छ ।

    बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशसभा सदस्यको खाता खोल्न एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी प्रदेशसभा सचिवालयमा आएका थिए ।



    सचिवालयले इन्मेस्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रवेश नै गर्न नदिएपछि कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । तर एनएमबि बैंकका कर्मचारीले मात्र प्रवेश पाए ।



    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई भने मर्यादापालकले रोकेका थिए । स्रोतका अनुसार एनएमबि बैंकका कर्मचारीलाई प्रदेशसभा सचिवालयले बोलाएको थियो भने नेपाली कांग्रेसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई बोलाएका थिए ।

    कांग्रेसका सांसदहरुले सचिवालयले भनेको बैंकमा नभई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा खाता खोल्ने अडान लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार