Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक,मतदान बिहान ८ बजेदेखि

    स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक,मतदान बिहान ८ बजेदेखि

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 969
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।



    कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।



    यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घरसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।

    यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

    निर्वाचनमा १८ चैत २०५१ को जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार हुन पाउनेछन् । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने त्रिविले जनाएको छ ।

    स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरिएसँगै क्याम्पसको वार्षिक प्रणाली अनुसार भइरहेको स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार