Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण चलाउने

    राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण चलाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 489
    SHARES

    काठमाडौं । राप्रपा नेपालले सघन रूपमा देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

    राजधानीमा आज भएको जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू सहभागी प्रशिक्षणमा अध्यक्ष कमल थापाले देशव्यापी सघन प्रशिक्षण सञ्चालन गर्ने बताएका हुन् ।



    थापाले वैचारिक रूपमा प्रतिबद्ध र निष्ठावान् कार्यकर्ताको जमात सहितको धारिलो सङ्गठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।



    पार्टी र नेतृत्वमाथि योजनाबद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको दाबी गर्दै उनले त्यसलाई तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार