Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा नेपालको प्रदर्शनमा प्रहरी र आन्दाेलनकारीबीच धकेलाधकेल

    राप्रपा नेपालको प्रदर्शनमा प्रहरी र आन्दाेलनकारीबीच धकेलाधकेल

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 345
    SHARES

    काठमाडौं । राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको छ ।

    प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त बनेको हो ।



    सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो ।



    तर, र्‍याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो । आन्दोलनमा अध्यक्ष कमल थापासहित पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।

    भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित पार्टीले प्रदर्शन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार