Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ललिता निवास प्रकरण : राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएकोमा राप्रपा नेपालको आपत्ति

    ललिता निवास प्रकरण : राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएकोमा राप्रपा नेपालको आपत्ति

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 459
    SHARES

    काठमाडौं । राप्रपा नेपालले काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा अदालतको फैसलाप्रति असहमति जनाएको छ ।

    पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपालमा भएका अधिकांश भ्रष्टाचारका काण्डहरूमा राजनीतिक नेतृत्वको संलग्नता रहने गरेको ठहर गरेको हो ।



    यही फागुन ३ गते विशेष अदालतले सो प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको थियो । राप्रपाले ‘नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसला’प्रति असहमति प्रकट गरेको हो ।



    शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विभिन्न पाँच निर्णय गरिएको छ । “ललितानिवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसलाप्रति राप्रपा नेपाल असहमति प्रकट गर्दछ,” निर्णय नम्बर–५ को अन्तिम वाक्यमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार